फोक्स नेपाल संवाददाता , कात्तिक १८ । महोत्तरीकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।
शुक्रबार विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

निहारीकाले शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए।
बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।















