झापा, असार ७ गते । इलाका प्रहरी कार्यालय दमक झापाले असार ६ गते राती लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-५ स्थितमा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका-४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक-१ का २६ बर्षीय सुरज कुमाल, दमक-६ का २९ बर्षीय सुमन दर्जी र दमक-७ का ३४ बर्षीय बिर बहादुर पौडेललाई प्रतिबन्धित औषधि Tramadol ८०० क्याप्सुल, ८०० चक्कि Aanargan-35, खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरी सबैलाई नियन्त्रणमा लिएको हो ।
शुभकामना


लागू औषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेकोइलाका प्रहरी कार्यालय दमक झापाले बताए ।














