फोकस नेपाल ,महोत्तरी । कैलालीको गौरीगंगा–७ मा १६ दिने सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या उनकै देवर नवीन नाथले गरेको खुलेको छ।
पुरानो रिसइबी र सुनका गहना लुट्ने नियतले उनले भाउजू सुतिरहेकै बेला सिरानीले मुख थुनेर हत्या गरेको र शव नालीमा फालेको बयान दिएका छन्।
शुभकामना

प्रहरीका अनुसार, सुनका गहना हराएपछि अनुसन्धान हत्या तर्फ मोडिएको थियो। नवीनको बयान बाझिएपछि शंका बढेको र उनले गहना बारे आफ्नै बुवालाई बताएपछि घटनाको रहस्य खुलेको हो। प्रहरीले अभियुक्तविरुद्ध कडा कारबाही अघि बढाउने जनाएको छ।














