बलवा, महोत्तरी ।बलवा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५२ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुखको अध्यक्षतामा आयोजित दशौँ नगरसभा तथा चौथो बजेट अधिवेशनमा आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुखले उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा नगरवासीलाई स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान पु¥याउने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शुभकामना

उनले नागरिकको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइने स्पष्ट गरे। “जनताको चाहना अनुसारको योजना ल्याएका छौं,” नगर प्रमुखले भने, “यसको कार्यान्वयनका लागि सबै तहको सहयोग जरुरी छ।” भने बताए ।
बजेटका मुख्य अंश:
👉 संघीय सरकारबाट प्राप्त अनुदान:
वित्तीय समानीकरण अनुदान: ११ करोड ५० लाख
सशर्त अनुदान: २५ करोड ३१ लाख
विशेष अनुदान: ६७ लाख
सम्पूरक अनुदान: १ करोड ६२ लाख
राजस्व बाँडफाँड: १० करोड ८१ लाख ९४ हजार ५७६
👉 आन्तरिक श्रोत:
स्थानीय कर र राजस्व: २ करोड
स्थानीय राजस्व बाँडफाँड: १ करोड
👉 खर्च विनियोजन:-
चालु खर्च: करिब ३२ करोड ८५ लाख ९४ हजार ५७१
पुँजीगत खर्च: २० करोड ६ लाख
कुल अनुमानित बजेट: ५२ करोड ९१ लाख ९४ हजार ५७६ बजेट नीति तर्जुमा संविधानको भाग–४, धारा ५९, अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन २०७४, दिगो विकास लक्ष्य (SDG), संघीय सरकारको प्राथमिकता, वडाबाट सिफारिस भएका योजना लगायतका मापदण्डमा आधारित गरिएको जनाइएको छ।नगरपालिकाले सर्वसाधारणको सरोकारका क्षेत्रमा योजनाबद्ध रुपमा बजेट खर्च गर्ने नगर उप- प्रमुख रामदुलारी देवि प्रतिबद्धता व्यक्त गरेका छन् ।














