गौशाला, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १२ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयका होनहार खेलाडीहरू मधेश प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशले आयोजना गरेको राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा सहभागी भएका छन्।
स्थानीय तहबाट सुरु भएको छनोट प्रक्रियामा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले मधेश प्रदेशको लागि प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन्। अहिले गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको राष्ट्रिय खेलकुद प्रतिस्पर्धामा उनीहरूले मधेश प्रदेशको ह्याण्डबल टिममा स्थान पाएका छन्।
शुभकामना

विद्यालयका प्रधानाध्यापकले जानकारी गराउँदै भने, “हाम्रो विद्यालयका विद्यार्थी राष्ट्रिय स्तरको खेलमा सहभागी हुनु विद्यालय, नगर र सम्पूर्ण प्रदेशकै गौरवको कुरा हो। यसले भविष्यमा अरु विद्यार्थीलाई पनि प्रेरणा दिनेछ।”
यस उपलब्धिले विद्यालयको शैक्षिक मात्र होइन, खेलकुद गतिविधिमा पनि अग्रणी भूमिका रहेको प्रमाणित गरेको छ।
स्थानीयबासी र अभिभावकहरूले खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका छन्।














