शिव मारुती ज्वेलर्स

पोखरा, गण्डकी । गण्डकी प्रदेश खेलकुद परिषदको प्रवद्र्धन तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता अन्तर्गत मधेश प्रदेशले आफ्नो पहिलो खेलमा प्रभावशाली जित दर्ता गरेको छ।

मधेश प्रदेशले बागमती प्रदेशलाई १-७ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। खेलमा मधेश प्रदेशका खेलाडीहरूले उत्कृष्ट समन्वय र रणनीतिक प्रदर्शन गरेका थिए।

शुभकामना

मधेश प्रदेश टिमको नेतृत्व कप्तान ममता शर्माले गरेकी थिइन् भने टिमको प्रशिक्षण जिम्मेवारी प्रशिक्षक लक्ष्मण गौतमले सम्हालेका थिए। टिमको जितले सम्पूर्ण मधेश प्रदेशवासीलाई गर्व महसुस गराएको छ।

खेलपछि बोल्दै प्रशिक्षक गौतमले भने, “यो जित हाम्रो कठिन अभ्यास र टिम वर्कको नतिजा हो। आगामी खेलहरूमा पनि यस्तो प्रदर्शन दोहोर्याउने लक्ष्य लिएका छौँ।”

प्रतियोगिता अझै जारी छ, र आगामी दिनमा मधेश प्रदेशको प्रदर्शन कस्तो हुन्छ भन्नेमा सबैको चासो बढेको छ।

२०८२ असार १२, बिहीबार १२:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय