शिव मारुती ज्वेलर्स

फोकस नेपाल असार १६ गते । डा.चन्द्रकान्त रावत ‘सिके’ नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिने प्रस्ताव आएको छ ।

उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले प्रदेश सरकारबाट बाहिरिनुपर्ने सचिव विपी साहले प्रस्ताव पेश गरेका हुन् ।

शुभकामना

पार्टीको नीति तथा जनपक्षीय काम गर्न नसकेकोले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको साहले बताए ।

यो प्रस्ताव अध्यक्ष रावतले. कार्यकारिणीमा छलफल गरे पश्चात् पारित हुनसक्ने उनले बताए ।

यसका साथै जनमत संघीय सरकारबाट बाहिरिने तयारीमा छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार कांग्रेसले नेतृत्व गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसयता जनमत सशंकीत हुँदै आएको थियो ।

२०८२ असार १६, सोमबार ०२:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय