शिव मारुती ज्वेलर्स

बारा , १७ असार । बारा प्रहरीले ५ वटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ। विभिन्न मिति, समय र स्थानबाट हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बारा तथा ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीको टोलीले खोज तलास गर्दै जाँदा ५ वटा मोटरसाईकलहरू सहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका वडा नं १ कोल्हबी २१ वर्षिय राहुल बि.क. त्यही बस्ने २३ वर्षिय अर्जुन खवास र २३ वर्षिय मुस्कान चौधरी रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

शुभकामना

उनीहरूको साथबाट प्र.२-०३-००६ प ६५१५ नम्बरको होण्डा मोटरसाइकल, ना. ४८ ५. ६९७० नं. को टिभिएस कम्पनीको मोटरसाईकल, बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको पल्सर, ना. ६५ प. ८८६० नम्बरको टिभिएस कम्पनीको मोटरसाइकल र प्रदेश २-०३-००५ प ६२२६ नं.को टिभिएस कम्पनीको मोटरसाइकल बरामद भएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई बारा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद लिई थप अनुसन्धान भइरहेको छ।

२०८२ असार १७, मंगलवार १५:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय