शिव मारुती ज्वेलर्स

रामबाबु यादव ,धनुषा । धनुषाधाममा आजको मिति २०८२-असोज १८ गते  धनुषाधाम नगरपालिका भित्रका सडकहरूको दयनीय अवस्थाले स्थानीय बासिन्दा र यात्रुहरूलाई चरम सास्ती दिएको छ। सामान्य १० मिनेटको वर्षाले पनि सडकहरू हिलाम्य भई आवतजावत गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो बढेको छ।

स्थानीयका अनुसार, नगरपालिकाका भित्री तथा मुख्य सडकहरूमा नालीको उचित व्यवस्था नहुनु र निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग हुनुले यो समस्या उत्पन्न भएको हो। “अलिकति पानी पर्नासाथ बाटो हिँड्न लायकै हुँदैन। साइकल, मोटरसाइकल त परै जाओस्, पैदल हिँड्न पनि गाह्रो हुन्छ,” एक स्थानीय बासिन्दाले भने।

शुभकामना

वर्षाको समयमा सडकमा जमेको हिलो र पानीले गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ। विशेषगरी विद्यार्थी र दैनिक ज्याला मजदुरी गर्नेहरूलाई आवतजावतमा ठूलो समस्या भएको छ। स्थानीय सरकारले सडक मर्मत र स्तरोन्नतिका लागि पर्याप्त ध्यान नदिएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।

नगरपालिकाका जनप्रतिनिधिहरूले यस विषयमा तत्काल ध्यान दिई सडकको स्तरोन्नति र नाली निर्माणको कार्यलाई प्राथमिकता दिनुपर्ने माग स्थानीय बासिन्दाको छ। अन्यथा, वर्षायामभरि धनुषाधामका बासिन्दाले यो हिलाम्य सडकको सास्ती भोगिरहनुपर्ने अवस्था आउने निश्चित छ।

२०८२ असार १८, बुधबार १४:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय