फोकस नेपाल , गौशाला, महोत्तरी । गौशाला नगरपालिका–१० स्थित मरहा खोलामा क्रसरले खनेको खाल्डोमा डुबेर १२ वर्षीया बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही वडाका राम एकबाल मण्डलकी छोरी किरण कुमारी मण्डल रहेको प्रहरी स्रोतले जनाएको छ।
स्थानीयहरूले दिएको जानकारी अनुसार बालिका मरहा खोलामा नुहाउने क्रममा खोलामा क्रसरले खनेको गहिरो खाल्डोमा डुबेर बेपत्ता भएकी थिइन्। खोजतलासपछि केही समयमै उनको शव खाल्डोबाट निकालिएको थियो।
शुभकामना

स्थानीय बासिन्दाहरूले खोलामा क्रसर हरुको आतंकले यस्तो दुर्घटना दोहोरिएको गुनासो गरेका छन्। यस घटनाप्रति दुःख व्यक्त गर्दै सरोकारवाला निकायले खोला आसपासका खतरनाक स्थानहरूमा उचित चेतावनी संकेत र सुरक्षात्मक कदम चाल्नुपर्ने आवाज उठाउन थालेका छन्।
बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
https://www.facebook.com/ri.star.press.indal.raut/videos/699392603081219/?app=fbl














