गणेश कुमार सिंह, महोत्तरी । महाेत्तरीकाे जलेश्वर नगरपालिका १६ औं नगरसभा मा ७७ करोड ७० लाख ७० हजार नौ सय चौतिस रुपैया बराबरको बजेट प्रस्तुत गरेका छन् । शुक्रबार महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा पहिलो पट्क भव्य कार्यक्रमकाे आयोजना गरि १६ औं नगरसभाबाट पालिकाले ७७ करोड ७० लाख ७० हजार नौ सय चौतिस बराबर बजेट सार्वजनिक गरेको छन् ।

शुभकामना

नगरप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी सिर्जना, जल व्यवस्थापन र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी गराए। बजेट समावेशी विकास र दिगो प्रगतिलाई लक्ष्य गर्दै विनियोजन गरिएको छ।

नगरसभामा सहभागी प्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सुझाव दिएका थिए। सार्वजनिक गरिएको बजेटले स्थानीय विकास योजनाहरू कार्यान्वयनमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
१६ औं नगरसभामा पूर्व कृषि मन्त्री हरिनारायण यादव प्रमुख अतिथि रहेका थिए। उनले बजेटको परिणाममुखी कार्यान्वयन, नागरिक सहभागिता र स्थानीय तह सशक्तीकरणको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, उपप्रमुख रौशन खातुन, नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरीका एसपी, परकौली व्यारेकका मेजर, राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। उद्घोषणको भूमिका अजय शर्माले निर्वाह गरेका थिए।















