शिव मारुती ज्वेलर्स

जलेश्वरमा सम्पन्न चार दिवसीय युवा संसदीय अभ्यास कार्यक्रम: नमूना मुख्यमन्त्रीमा नागेन्द्र सत्या चयन

 फोकस नेपाल ,जलेश्वर, महोत्तरीमधेस प्रदेश सभा सचिवालयको आयोजनामा जलेश्वरमा सम्पन्न चार दिवसीय युवा संसदीय अभ्यास कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा नमूना मुख्यमन्त्रीको भूमिकामा गौशाला नगरपालिका–१२, कान्तिबजार निवासी सामाजिक अभियन्ता नागेन्द्र ठाकुर उर्फ ‘नागेन्द्र सत्या’ चयन भएका छन्।

नमूना मुख्यमन्त्रीको रुपमा नागेन्द्र सत्या

भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहँदै आएका सत्या आफ्नो प्रस्तुति, वाणी, नेतृत्व क्षमता तथा राजनीतिक परिपक्वता मार्फत सहभागीहरू तथा निर्णायकहरूमाझ प्रभाव छोड्न सफल भएका थिए। उनको प्रतिबद्धता र नेतृत्व शैलीले युवा पुस्तालाई सकारात्मक राजनीतिक चेतनामा प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

शुभकामना

लोकतान्त्रिक अभ्यास, विधायन प्रक्रिया, प्रदेश सभाको संरचना तथा कार्यपद्धति बारे व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा युवाहरूमा राजनीतिक र सामाजिक चेतना अभिवृद्धि गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता मधेस प्रदेश सभा सचिवालयका कम्प्युटर अधिकृत  सुशील कुमार मण्डल,प्रमुख अतिथि सभामुख माननीय रामचन्द्र मण्डल,विशिष्ट अतिथि माननीय बबिता राउत ईश्वरको उपस्थिति रहेको थियो। साथै, पत्रकार मित्रहरू र सचिवालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२०८२ असार २२, आईतवार १६:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय