शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार २३ गते । रोपाइँका लागि पानी तान्ने क्रममा झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्तिमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ सयपत्री टोलका ३९ वर्षीय रोशन जिमी रहेको प्रहरीले जनाएको छ । हिजो साँझ ७ बजे आफ्नै खेतमा रोपाइँ गर्नको लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा जिमीलाई करेन्ट लागेको थियो ।

शुभकामना

घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८२ असार २३, सोमबार ०३:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय