फोकस नेपाल ,असार २३ गते । सर्लाहीको चक्रघट्टामा हराएकी बालिका भारतबाट सई सुवास यादवको सक्रियतामा सफल उद्धार गर्न सफल भएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ की एक १५ वर्षीय बालिका भारतको सितामढीमा हराएको सूचनालाई आधार बनाएर सर्लाही प्रहरीले ती बालिकालाई सकुशल उद्धार गरी नेपाल फर्काएको छ। प्रहरी सई सुवास यादवको नेतृत्वमा गरिएको उक्त उद्धार अभियान सफल भएको हो।
शुभकामना

बालिका जेठ २२ गतेदेखि बेपत्ता थिइन्। प्रारम्भिक अनुसन्धानमा उनी मदनपुरका विवेक गिरीसँगको सम्बन्धका कारण भारत गएको हुन सक्ने जानकारी खुलेको थियो। बालिकाकी आमा रिनादेवीको निवेदनपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।














