फोकस नेपाल असार २६ गते। रौतहटको गौरस्थित #कृषि_ज्ञान_केन्द्रमा गम्भीर अनियमितता भएको युवा समाजसेवी दीपेन्द्र तिवारी आरोप लगाएका छन् ।
रौतहटका कृषकहरूलाई लक्षित गरी सञ्चालित कार्यक्रमहरूमा खुलेआम भ्रष्टाचार भएको खुलेको छ। कृषि ज्ञान केन्द्र गौरका केही कर्मचारीहरूले कृषक समूहहरूलाई कार्यक्रम सञ्चालनको सट्टा ‘#पीसी’ रकम बुझाउन दबाब दिने र रकम नपाउँदा कार्यक्रम नै कटौती गरेर अन्यत्र रकम भुक्तानी गरिने जस्ता गम्भीर हर्कतहरू भइरहेका छन्।
शुभकामना

जसरी किसानहरू दिनरात मेहनत गर्छन्, त्यसरी नै उनीहरूका लागि छुट्याइएको बजेट पनि पारदर्शिता र इमानदारीका साथ उपयोग हुनुपर्छ। तर यहाँ त जिम्मेवार निकाय आफैंले किसानहरूको अधिकारमाथि प्रहार गरिरहेको छ।
यस्ता गतिविधि न केवल निन्दनीय छन्, कानूनी कारवाहीको माग योग्य पनि छन्।
युवा समाजसेवी दीपेन्द्र तिवारी ज्यूले यस विषयमा सम्बन्धित सरकारी निकायहरूको ध्यानाकर्षण गराउँदै, दोषी कर्मचारीलाई तत्काल निलम्बन गरी कानूनी कारवाहीको माग गर्नुभएको छ।

अब चुप लागेर बस्ने बेला होइन ,किसानमाथिको अन्याय र भ्रष्टाचारको विरुद्ध आवाज उठाऔं भने धर्ना राखेका छन् ।














