शिव मारुती ज्वेलर्स

जनकपुरधाम, मधेस प्रदेश ।  मधेस प्रदेशमा यस वर्ष खडेरीले किसानहरूलाई नराम्ररी सताएको छ। जोत्ने काम सकिएर धानको बीउ तयार भइसक्दा पनि वर्षा नहुँदा किसानहरूले रोपाइँ सुरु गर्न सकेका छैनन्। आकाशतिर हेर्दै पानीको प्रतिक्षामा रहेका किसानहरूको चिन्ता बढ्दै गएको छ।

मधेस प्रदेशमा कुल ४ लाख ५ हजार ४५० हेक्टर (४०५,४५० हे.) जमिन धान रोप्न योग्य मानिन्छ। तर, यस वर्ष वर्षाको कमीका कारण हालसम्म २० प्रतिशत मात्र धान रोपाइँ हुन सकेको कृषि विकास निर्देशनालयले जनाएको छ। यो तथ्यांकले यस वर्ष मधेसको कृषि उत्पादनमा ठूलो असर पर्ने संकेत गरेको छ।
सामान्यतया, असारको दोस्रो सातासम्ममा रोपाइँले गति लिने गर्दछ। तर, यसपालि असारको मध्यसम्म आइपुग्दा पनि अधिकांश खेतहरू बाँझै छन्। पानीको अभावले गर्दा खेतमा धाँजा फाट्न थालेका छन् भने तयार भएका बीउहरू पनि खेतमै सुक्ने अवस्थामा पुगेका छन्।

शुभकामना

स्थानीय किसान रामदेव मण्डलले भने, “खेत जोतेर तयार पारियो, बीउ पनि तयार छ। तर, पानी नपर्दा सबै काम रोकिएको छ। अब त आकाशतिर हेर्दै भगवान् पुकार्ने बाहेक अरु केही छैन।”

धान मधेस प्रदेशको मुख्य बाली हो र यसको उत्पादनमा कमी आउँदा प्रदेशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिन्छ। सरकारले सिँचाइको वैकल्पिक व्यवस्थामा ध्यान दिनुपर्ने र किसानहरूलाई तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने माग किसानहरूको छ।

२०८२ असार २६, बिहीबार ०९:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय