जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाममा नक्कली फेसबुक पेज बनाएर असम्बन्धित समाग्रीहरु पोष्ट गर्न थालेको पाईएको छ ।
मधेश प्रहरी कार्यालयको नाम र लोगो दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालनमा रहेको पाइएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त नक्कली पेजबाट सचेत रहन आग्रह गरिएको हो ।
शुभकामना

प्रहरीका अनुसार, कार्यालयको आधिकारिक फेसबुक पेज ‘Madhesh Province Police Office, Janakpurdham’ हो । यही पेजबाट कार्यालयले आफ्ना नियमित गतिविधि र सूचना सार्वजनिक गरिँदै आएको छ । तर, ‘Madheshpolice Janakpurdham’ नामको नक्कली पेज बनाएर नेपाल प्रहरीको लोगो दुरुपयोग गरी विभिन्न भ्रामक हल्ला तथा अफवाह फैलाइएको पाइएको प्रहरीले जनाएको छ ।
उक्त नक्कली पेजमा रहेका सामग्रीलाई लाइक, कमेन्ट वा शेयर नगर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । “फेक आईडीबाट फैलाइएका अफवाहहरूलाई लाइक, कमेन्ट र शेयर नगर्न हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।न्यूज व्युरो














