फोकस नेपाल । सुनसरीको हरिनगर गाउँपालिका ६ घुस्कीमा गोलि प्रहार गरीएक किसोरीको हत्या भएको छ। सोमबार विहान जिल्लाको हरिनगर गाउपालिका ६ महरम चौकको १८ वर्षीया अरसी खातुनलाई गोली हानि हत्या भएको हो।
खातुनलाई उहाँकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरि हत्या गरेको मृतकको बुवा ४६ वर्षीय गफार मियाँले जानकारी दिनु भयो।
शुभकामना

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार गफारको छोरी अरसिको घट्ना स्थलमै मृत्यु भएको र गोलि प्रहार गर्ने निजको भिनाजु अजाद मियाँ जट तत्काल फरार रहेको छ ।














