शिव मारुती ज्वेलर्स

फोकस नेपाल , महोत्तरी। नेकपा (माओवादी केन्द्र)का नेता तथा सहकारी अभियन्ता रामचन्द्र कुशवाहाको ७० वर्षको उमेरमा निधन भएको छ। महोत्तरीको गौशाला नगरपालिका निवासी कुशवाहाको उपचारका क्रममा गएराति काठमाडौँस्थित वीर अस्पतालमा निधन भएको हो।

विगत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित कुशवाहा पञ्चायत कालदेखि नै माओवादीको किसान मोर्चामा सक्रिय रहँदै आएका थिए। उहाँ माओवादी निकट केन्द्रीय सहकारी विभागका सदस्य तथा अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य समेत हुनुहुन्थ्यो।

शुभकामना

त्यस्तै, कुशवाहा जिल्ला सहकारी संघ महोत्तरी र जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार थिए। उहाँ माओवादी केन्द्रको केन्द्रीय उखु उत्पादक सहकारी संघका अध्यक्षसमेत रहेका थिए।

सार्वजनिक स्वास्थ्य क्षेत्रमा समेत योगदान दिएका कुशवाहाले विगतमा जलेश्वर अस्पतालको अध्यक्षको रुपमा पनि काम गरिसकेका थिए। उहाँको निधनले माओवादी आन्दोलन, सहकारी अभियान र कृषक समुदायलाई अपूरणीय क्षति पुगेको स्थानीय राजनीतिककर्मीहरूले बताएका छन्।

२०८२ श्रावण १, बुधबार ०४:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय