शिव मारुती ज्वेलर्स

महोत्तरी, गौशाला महोत्तरी जिल्लाको गौशाला नगरपालिका–४ र ३ को सिमानानजिक पर्ने सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

दुर्घटना गौशालाबाट औरही नगरपालिकातर्फ जाँदै गरेको ज ५ प ५०१४ नम्बरको नेपाली मोटरसाइकल र औरहीबाट पश्चिमतर्फ आइरहेको BR07AG8132 नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । नेपाली मोटरसाइकलमा भंगहा नगरपालिका–४, थारुटोल निवासी श्याम सरदार, उनकी श्रीमती अमला देवी र सुनिल कुमार सिंह सवार थिए।

शुभकामना

दुर्घटनामा सबै घाइते भए पनि अमला देवीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि गौशाला नगरपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर उपचारका क्रममा अन्दाजी ४० वर्षीया अमला देवीको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्।

घाइते श्याम सरदार र सुनिल कुमार सिंहको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दुर्घटनापछि भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

२०८२ श्रावण १, बुधबार ०८:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय