शिव मारुती ज्वेलर्स

फोकस नेपाल असार ३२ गते । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

शुभकामना

अख्तियार स्रोतका अनुसार दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको हो ।

अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

२०८२ श्रावण १, बुधबार १०:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय