बर्दिबास, महोत्तरी । मिति २०८२ साल असार ३२ गतेको निर्णयअनुसार इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकास बमलाई ‘असार महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरिएको छ।
डीएसपी बमको नेतृत्वमा असार महिनाभरि गरिएको उल्लेखनीय सुरक्षा र अपराध नियन्त्रण कार्यको मूल्याङ्कन गर्दै उक्त घोषणा गरिएको हो।
उनले आफ्नो कार्यकालमा विभिन्न महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन् ।
शुभकामना



जसअनुसार: विभिन्न मितिमा मानिस सहित लागु औषध खैरो हिरोईन ६३.१० ग्राम बरामद गरी मुद्धा चलाईएको, मानिस सहित लागु औषध गाँजा २६३ कि.२४ ग्राम बरामद गरी मुद्धा चलाईएको, १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको, भन्सार छलि, चोरी पैठारी गरी ल्याएका रु.४४,७६,६०५।- (चौवालीस लाख छिहत्तर हजार छ सय पाँच रुपैयाँ) बराबरको सामानहरु बरामद गरेको, Laptop सहित २ वटा फोन चोरी गरेको मानिसलाई पक्राउ गरी डाँका मुद्धा चलाईएको, WINCEREX SYRU १७ बोतल बरामद गरिएको, अबैध रुपमा ढुङ्गा गिट्टी, बलुवा उत्खनन गरेको अवस्थामा लोडर-२, टिपर-४, ट्रयाक्टर-४ गरी जम्मा १० वटा सवारी साधनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको, मोटरसाईकल चोरी गर्ने, चोरीको मोटरसाईकल बिक्रीको जिम्मामा लिने देखि खरिद गर्ने सम्मका अपराधिक गतिविधिमा संलग्न रहेका ४ जनाको गिरोहलाई पक्राउ गरी चोरी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको, सुचनाका आधारमा प्रहरी टोली परिचालन गरी स्नेहा होटलमा छापा मारी सञ्चालक सहित ३ जना पुरुष र २ जना महिलालाई वेश्यावृतिमा संलग्न रहेको आधारमा मनाव बेचविखन तथा ओसारपसार मुद्दा चलाईएको, गुलाब्सा खातुन अपहरण, बलत्कार र हत्या मुद्धामा संलग्न फरार रहेका मतियारहरु राज किशोर साह क र लिला देवी साहलाई नियन्त्रणमा लिएको, लागु औषध गाँजा ओसारपसार मुद्धामा लामो समय देखि संलग्न रहेको फरार प्रतिवादी जिल्ला सर्लाही हरिवन न.पा. वडा नं.०३ बस्ने बर्ष ३६ को फेकन साह तेलीलाई नियन्त्रणमा लिई समाजमा शान्ति सुरक्षा बहाल गर्ने पवित्र कार्यमा दिनु भएको योगदानको उच्च प्रशंसा तथा मूल्याङ्कन गर्दै निजलाई २०८२ साल असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी संगठनप्रति नागरिकको विश्वास बढाउने, शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत डीएसपी बमलाई सम्मान गरिएको हो।जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा प्रदेश प्रहरी कार्यालयबाट डीएसपी बमलाई उच्च प्रशंसा गरिएको छ।














