शिव मारुती ज्वेलर्स

महोत्तरी, साउन १ गते । गौशाला नगरपालिकास्थित गोरु तथा खसी बजारको राजस्व संकलनलाई लिएर निगौल गाई गौशाला व्यवस्थापन कार्यालय र गौशाला नगरपालिकाबीच विवाद उत्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार निगौल गाई गौशालाले आफ्ना कर्मचारी खटाएर पशु बजारबाट अमानतमा राजस्व संकलन गर्ने कार्य सुरु गरेपछि नगर प्रहरीले अवरोध गरेको हो।

शुभकामना

गौशाला नगरपालिका वडा नं. ५ मा पर्ने कित्ता नं. ८२, ८३ र ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा नगरपालिकाले गोरु तथा खसी बजार सञ्चालन गर्दै आएको छ। सो जग्गामा पशुहाट सञ्चालन गरी राजस्व संकलन गर्ने कार्य विगतदेखि हुँदै आएको हो।

२०७० सालमा गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच भएको सम्झौतानुसार पशु बजार ठेक्काबापत उठेको राजस्वको २५ प्रतिशत हिस्सा निगौल गाई गौशालालाई दिने सहमति भएको थियो।

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख वीरबहादुर चौधरीका अनुसार उक्त सम्झौता कार्यान्वयनको माग गर्दै पटक–पटक लिखित र मौखिक आग्रह गरिएको भए पनि नगरपालिका टार्दै आएको छ।

चौधरीका अनुसार हालसम्म ५ करोडभन्दा बढी रकम बाँकी छ, तर नगरपालिकाले सो रकम नतिरेपछि गाई गौशालाले आफैं ठेक्का प्रक्रिया अघि बढाएको थियो। सोही प्रयासमा नगरपालिकाले अवरोध पुर्‍याएको गुनासो छ।

निगौल गाई गौशालाको नाममा राष्ट्रिय सहकारी विकास बोर्डको व्यवस्थापनमा सञ्चालित सो संस्थाले पशुहाट सञ्चालन गर्ने काम गरिरहेको छ।

यस विषयमा दुबै पक्षबीच बढ्दो तनावले आगामी दिनमा पशु बजार सञ्चालन र राजस्व संकलनमा थप समस्या आउने संकेत देखिन सक्ने ईलाका प्रहरीले जनाएको छ ।

२०८२ श्रावण २, बिहीबार ०९:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय