शिव मारुती ज्वेलर्स

पवन प्रसाद साह/वीरगंज । 

बिहारको औरंगाबादबाट रहस्यमय रूपमा बेपत्ता भएकी १७ वर्षीया किशोरी “निर्भया कुमारी” (नाम परिवर्तन) लाई मुम्बई स्थित मानव बेचबिखन गिरोहबाट नाटकीय शैलीमा इन्स्पेक्टर मनोज कुमार शर्मा उद्धार गरेका छन।

शुभकामना

उद्धार कार्य १८ जुलाई २०२५ को राती ३ बजे गरेको थियो। घटनाले मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी प्रशासन र सामाजिक संस्थाहरूको समन्वयको बलियो उदाहरण पेश गरेको छ।

रहस्यमय बेपत्ता २१ जुन २०२५ मा किशोरी हराएपछि उनका बुबाले तुरुन्तै सुरक्षा निकायसँग सम्पर्क गरेका थिए। मामला गम्भीर देखिएपछि,डेपुटी कमान्डेन्ट श्री सतीश गुप्ताले यो विषयमा अनुभवी प्रहरी निरीक्षक श्री मनोज कुमार शर्मा संग समन्वय गर्न अनुरोध गरेका ।

मोबाइल डाटाको अनुसन्धानबाट ९३५६४*** नम्बर पत्ता लाग्यो, जसले अनुसन्धानलाई महाराष्ट्रसम्म डोर्‍यायो र  उक्त नम्बर मोहम्मद काजल मेहबूब मुल्ला (भडगाउँ) नामक व्यक्तिसँग सम्बन्धित पाइयो,जसको संलग्नता मोहम्मद आर. अरमान शेख (नासिक) सँग रहेको खुलेको थियो।उनीहरू सामाजिक सञ्जालमार्फत किशोरीहरूलाई फसाउने रणनीतिमा संलग्न थिए।

मिसन निर्भया’ को योजना र कार्यान्वयन मानव अधिकार आयोगका सदस्य श्री प्रियांक कानुंगो, मिसन मुक्ति’का निर्देशक श्री वीरेन्द्र कुमार सिंह, मुम्बईकी प्रहरी निरीक्षक वैशाली गोर्डे देवघ्रे, त्रिवेणी आचार्य (रेस्क्यु फाउन्डेसन) र मुम्बई अपराध शाखाको सहकार्यमा ‘मिसन निर्भया’ नामक विशेष अपरेशन सञ्चालन गरिएको थियो।

क्लिष्ट साइबर निगरानी र स्थान ट्रयाकिङ पश्चात,उद्धार टोलीले न्यु मुम्बईको एक गोप्य स्थानमा किशोरीको उपस्थिति पत्ता लगायो। योजना अनुसार अपरेशन गरिँदा किशोरीलाई राति ३ बजे सुरक्षित रूपमा उद्धार गरिएको थियो।

पीडितको संरक्षण र थप अनुसन्धान उद्धार पश्चात किशोरीलाई महिला संरक्षण गृह,मुम्बईमा सुरक्षित राखिएको छ। उता, बिहार प्रहरी तथा पीडितका परिवारजन लाइ उद्धार पछि तुरुन्तै मुम्बई प्रस्थान गरेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, युवतीहरूलाई सामाजिक सञ्जालमार्फत मानसिक रूपमा प्रभावित गरि अनि प्रलोभनमा पारेर महानगरहरूमा ल्याइन्छ जहाँ उनीहरूलाई तस्करी वा यौन शोषणको शिकार बनाइन्छ।

२०८२ श्रावण ३, शुक्रबार १०:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय