शिव मारुती ज्वेलर्स

राहुल गुप्ता/ बिरगंज ।  सखुवा प्रसौनी, पर्सा — सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थित महुँवन माध्यमिक विद्यालयमा छात्राहरूका लागि स्कुल झोला वितरण गरिएको छ।

विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला बिष्ट महतोले आफ्नै हातबाट छात्राहरूलाई झोला वितरण गर्नुभयो।

शुभकामना

उपाध्यक्ष महतोले कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीको सिकाइमा सहजता ल्याउने उद्देश्यले पालिकाले यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको बताउनुभयो। उहाँले बालबालिकालाई शिक्षामा प्रोत्साहित गर्न यस्ता सहयोगहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधिहरू, विद्यार्थीहरू र स्थानीय समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनले यस्तो सहयोगका लागि उपाध्यक्षप्रति आभार व्यक्त गरेको छ।

२०८२ श्रावण ३, शुक्रबार १३:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय