शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,महोत्तरी । गौशाला नगरपालिका वडा नं. १०, भरतपुर – यस क्षेत्रका होनहार युवा रामकरण सदा हाल लुम्बिनी फुटबल एकेडेमीमा प्रशिक्षणरत छन् र नेपाल पुलिस स्कूल, घोराही दाङ्गमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहनुभएको छ। उहाँ अब डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय DANA CUP 2025 फुटबल प्रतियोगितामा सहभागी हुन यात्रा गर्न लाग्नुभएको छ, जुन सम्पूर्ण महोत्तरीबासी र नेपालीका लागि गर्वको विषय हो।

आर्थिक कठिनाइबीच पनि सामाजिक एकता, सहयोग र समर्पणको फलस्वरूप रामकरण सदा आज अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रतिनिधित्व गर्न सफल हुँदै हुनुहुन्छ। उहाँको यो उपलब्धिमा लुम्बिनी फुटबल एकेडेमीको निरन्तर प्रयास र देश-विदेशमा रहेका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको उल्लेखनीय योगदान रहँदै आएको छ।

शुभकामना

विशेष धन्यवाद दिन चाहन्छौं Ram Bechan Sada सरज्यूलाई, जसको अग्रसरता र समर्पणले यो सपना साकार भएको हो। साथै सम्पूर्ण सहयोगी संघ-संस्था, साथीभाइ तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ।

रामकरण सदा जस्ता युवाहरूले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काउने कार्य निरन्तर रहिरहोस् भन्ने शुभकामना समेत  व्यक्त गरेका छन् ।

२०८२ श्रावण ५, आईतवार ००:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय