शिव मारुती ज्वेलर्स

फोक्स नेपाल , संवाददाता  । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि गौशाला वितरण केन्द्र बाट वितरण भएको  विद्युत बिनासूचना विद्युत छिन छिनमा कटने गरेको छ। गर्मीको समय भएको हुनाले अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भएको छ।

‘लोडसेडिङ छैन भन्छन् तर बिजुली छिनमै गइरहन्छ, छिनमै आईरहन्छ सबै भन्दा बढी पानीको समस्या भएको हुनाले ,’ गौशाला वितरण केन्द्र बाट औरहि सब स्टेसन बाट वितरण गरेको गौशाला नगरपालिका भरि मात्र विद्युत कटौती हुने गरेको छ।

शुभकामना

विद्युत प्राधिकरणले बिनासूचना विद्युत कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ। पटक–पटक गरी दैनिक करिब २ घन्टा कटौती गरेको आए पनि छिन छिनमा विद्युत आउने जाने गरेको  स्थानीयहरुले गुनासो गरे।

अनियमित विद्युत आपूर्ति नहुँदा गौशाला नगरपालिका वडा नं. १२ ,११, १०,९,८,१,४,मा पिउने पानीको समेत समस्या भएको हुन्छ । ‘बिजुली भएन भने धारामा पानी आउँदैन, पिउने पानी समस्या हुनथालेको छ ।

वर्षाको समयमा गौशाला नगरपालिकामा पर्ने मरहा खोला बाढी आउँदा मरहा खोला बाढीले पोल बगाउँदा  गौशाला न.पा. भन्दा पश्चिम स्थानमा तार चुडिँदा विद्युत सेवा अवरुद्ध भएको स्थानीयहरुले गुनासो सुनाए । ‘ढल्केवर सबस्टेसन बाटै विद्युय कटिएको गौशाला वितरण केन्द्रमा फोन गर्दा भने गरेको स्थानीय बताए ।

२०७९ आश्विन १९, बुधबार ०२:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय