शिव मारुती ज्वेलर्स

काठमाडौं । विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको हो ।

लालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार टीकापुर नगरपालिका- १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका- १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाल प्रकाउ परेका छन् ।

शुभकामना

पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएपछि उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

२०८२ श्रावण ६, सोमबार ०५:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय