रौतहट, गरुडा । रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत झाझपुर नजिकै प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा फेला पारेको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियमित गस्तीका क्रममा ग ३ च ६८९६ नम्बरको गाडी शंकास्पद देखिएपछि जाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका हुन्।

शुभकामना

उक्त गाडी गरुडा बजार आसपासको क्षेत्रमा झाडीमा छाडिएको अवस्थामा फेला परेको हो। जाँच गर्दा गाडीभित्र ठूलो मात्रामा गाँजा रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल फरार रहेका चालकको खोजी कार्य तीव्र रूपमा भैरहेको छ। गाँजा बरामदपछि अनुसन्धानलाई थप अगाडि बढाइएको र लागुऔषध तस्करीमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि प्रयास जारी रहेको बताइएको छ।

यस घटनाले सीमा क्षेत्र आसपासमा लागुऔषध ओसारपसारको गतिविधि बढिरहेको संकेत दिएको प्रहरीको भनाइ छ। प्रहरीले स्थानीयवासीलाई कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।
https://www.facebook.com/share/r/1ay2NdCcCW/
https://fb.watch/A_T0QaQGny/














