पर्सा । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ पर्साको आयोजनामा महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम बीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो।
सो अवसरमा प्रमुख अतिथी मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले भने,”वृक्ष हाम्रा जीवनका आधार हुन्। ती वृक्षहरूले हामीलाई अक्सिजन, छायाँ, फलफूल र प्राकृतिक सौन्दर्य प्रदान गर्छन्। यिनै वृक्षहरूले पृथ्वीलाई हरियाली बनाउँछन् र जलवायु सन्तुलन कायम राख्न मद्दत गर्छन्। अहिले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र जैविक विविधता संकटका बीचमा वृक्षारोपण हाम्रो दायित्व मात्र होइन, अस्तित्वसँग जोडिएको आवश्यकता पनि हो।
शुभकामना

हामी सबैले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरी हरियाली संरक्षण गर्नुपर्छ। एउटा बोट आज रोपियो भने, भोलिको पुस्तालाई स्वस्थ वातावरणको उपहार दिन सकिन्छ। हामी सबैले ‘एक व्यक्तिको एक बोट’ अभियानलाई आत्मसात गरी प्रकृतिसँगको हाम्रो सम्बन्धलाई अझ गहिरो बनाऔं मन्त्री जनार्दन सिंह क्षेत्रीले बताए व
विशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मीले भने, “महामानव वी.पी. कोइरालाले देखाएको समाजवादको मार्गमा अघि बढ्दै हामीले प्रकृति संरक्षण र वातावरणीय सन्तुलनमा पनि ध्यान दिन आवश्यक छ। उहाँले लोकतन्त्र मात्र होइन, सामाजिक न्याय र दिगो विकासको पक्षपोषण गर्नुभयो। आज हामीले वृक्षारोपण गरेर उहाँको सम्झनामा वातावरण जोगाउने पहल गरेका छौं। यो अभियान भविष्यका पुस्ताका लागि स्वच्छ र हरियाली नेपाल निर्माणतर्फ एक सानो तर महत्वपूर्ण कदम हो।”
बृक्षारोपण कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा वृक्षारोपणको महत्वबारे चर्चा गर्दै विश्वेश्वर प्रसाद कोइरालाको योगदानलाई सम्झना गरे।
बृक्षारोपण नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ पर्साका कार्यवाहक सभापति अनिल सिंहको सभापतित्तवमा तथा मधेश प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख अतिथिमा भएको कार्यक्रमममा बिशिष्ट अतिथीमा नेपाली काँग्रेस पर्साका उप-सभापति रामनारायण कुर्मी,अतिथी बिरगंज महानगर उपमेयर इम्तियाज आलमको उपस्थिति रहेको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष जगत प्रसाद कानु,मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मिया,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि प्रकाश उपायध्य,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,पार्टीका जिल्ला सदस्य हुकुम सिंह,नेपाली कांग्रेसका युवा नेता राकेश यादव,रोशन लामिछाने,रामनिवास यादव,देव प्रकाश पटेल,रुस्तम,नेपाल पत्रकार महासंघ पर्साका जिल्ला सदस्य राहुल गुप्ता इत्यादि व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण बिकास ठाकुरले गरेका थिए।














