मिर्चैया ,श्रावण ०८ गते । आज सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेको मिर्चैया हिल पार्कमा साइकल दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।
मिर्चैया–५ स्थित जय बजरंगबली सामुदायिक वन तथा जिवा ठाकुर सामुदायिक वन अन्तर्गत रहेको मिर्चैया हिल पार्कमा बिहीबार दिउँसो साईकल दुर्घटना भएको हो। घुम्न गएका बालकहरू ओरालो बाटो हुँदै साइकलमा झर्दै गर्दा साइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मिर्चैया नगरपालिका–५ का केशव मण्डलका १३ वर्षीय छोरा अभिषेक मण्डलको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। सोही साइकलको पछाडि सवार रहेका बिष्णु ठाकुरका १२ वर्षीय छोरा बिकास ठाकुर घाइते भएका छन्। उनीलाई उपचारका लागि मिर्चैया अस्पतालमा भर्ना गरिएको छ।
शुभकामना

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने पार्कमा घुम्न आउने बालबालिकाको सुरक्षाको विषयमा पनि थप ध्यान दिनुपर्ने देखिएको छ।














