फोकस नेपाल ,श्रावण ०९ गते । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–८ कचोरवाका अरुण कुमार साहमाथि काठमाडौंको कीर्तिपुरमा कुटपिट तथा लुटपाट भएको छ।
कपडा व्यवसायका लागि कीर्तिपुर गएका बेला हिजो दिउँसो अपरिचित ४–५ जनाको समूहले साहमाथि एक्कासी आक्रमण गरी अनुहारमा छुरा प्रहार गर्दै गम्भीर घाइते बनाएको परिवार स्रोतले जनाएको छ।
घटनापछि उनलाई कीर्तिपुर प्रहरीले उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ।
शुभकामना

पीडित पक्षले दोषी समूहलाई छिटोभन्दा छिटो पहिचान गरीकानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
घटना बारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।














