एजेन्सी । विद्यालय भवनको छत खस्दा ५ बालबालिकाको मृत्यु, ३० भन्दा बढी गम्भीर घाइते भएका छन् ।
राजस्थानको झालावाड जिल्लाको पिपलोदी गाउँमा शुक्रबार बिहान एक सरकारी विद्यालय भवनको छत खस्दा ५ जना बालबालिकाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । यद्यपि, प्रशासनले अहिलेसम्म यसको आधिकारिक पुष्टि नगरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शुभकामना

विद्यालयमा बिहानको प्रार्थना चलिरहेको बेला भवनको छत अचानक खसेको र धेरै विद्यार्थीहरू भग्नावशेषमुनि पुरिए । घटना हुने बित्तिकै नजिकैका गाउँलेहरू घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरे ।














