फोकस नेपाल , श्रावण ११ गते । सशस्त्र प्रहरीद्वारा स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।

शुभकामना


मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका २ हेवी चोकबाट साउन १० गते विपद् व्यवस्थापन बेश कुलेखानीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित सशस्त्र प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर जिल्ला, इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुरलाई बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।
गाडीको तीनवटा ढोकामा फल्स बटम बनाएर लागूऔषध ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश कुलेखानीका सुरक्षा फौजले नियन्त्रणमा लिएको बताइएको छ।
बरामद लागूऔषधमा नोफिन २४०० वटा, डाईजेपाम २००४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २४०० वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेका छन्। पक्राउ परेकाहरूले लागूऔषध ल्याउने उद्देश्य खुलाउन सकेका छैनन्।
उनीहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको छ।
















