शिव मारुती ज्वेलर्स

पवन प्रसाद साह/वीरगंज । बाराको प्रसौनी गाउँपालिका–३ नौतनमा यस वर्ष पनि परम्परागत रूपमा महावीरी झन्डा मेला आयोजना गरिने भएको छ। श्रावण २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त मेलामा धार्मिक तथा सांस्कृतिक रौनकले भरिपूर्ण कार्यक्रमहरू रहने जनाइएको छ।

मेलाको संयोजन स्थानीय वडास्तरबाट गरिएको हो भने, यसले सम्पूर्ण गाउँमा धार्मिक एकता, सामाजिक सद्भाव र संस्कृतिक संरक्षणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

शुभकामना

वडा अध्यक्ष छोटेलाल प्रसाद कानुका अनुसार मेलामा नाच, ठकरा (पारम्परिक खेल), कुस्ती प्रतियोगिता लगायतका विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ।

महाविरी झन्डा मेलाको उद्घाटन समारोह विशेष बनाउने उद्देश्यले विभिन्न तहका प्रमुख व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ।कार्यक्रमका प्रमुख अतिथिका रूपमा संघीय सांसद किसान श्रेष्ठ, विशेष अतिथिका रूपमा मधेस प्रदेशका सांसद जितेन्द्र सोनल, र विशिष्ट अतिथिका रूपमा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल रहने वडा अध्यक्ष कानुले जानकारी दिनुभयो।

मेलामा धेरैजसो टाढाटाढाबाट भक्तजनहरू आउने सम्भावना रहेको भन्दै सहभागीहरूका लागि निःशुल्क खाजाको व्यवस्था पनि मिलाइएको अध्यक्ष कानुले बताए। उनले थपे, “महावीर झन्डा मेलाले नौतनको धार्मिक, सामाजिक र सांस्कृतिक पहिचान झल्काउँछ, त्यसैले यहाँको जनसहभागिता पनि प्रशंसनीय रहँदै आएको छ।”

अध्यक्ष कानुले सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीय बासिन्दा, युवाहरू, महिला समूह, धार्मिक संस्था तथा सामाजिक अभियन्ताहरूलाई मेलामा उपस्थित भई धार्मिक एकताको प्रतीक बनेको महाविरी झन्डा कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेका छन्।

२०८२ श्रावण १४, मंगलवार ०९:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय