शिव मारुती ज्वेलर्स

पवन प्रसाद साह ,पर्सा ।कृषि ज्ञान केन्द्र पर्साले हालै सार्वजनिक गरिएको सुचनामार्फत कृषकहरूलाई लक्षित सरकारी योजनाको सम्बन्धमा केही महत्वपूर्ण स्पष्टीकरण दिएको छ। केन्द्रले स्पष्ट रूपमा उल्लेख गरेको छ कि:

१. पर्सा जिल्ला भरीका कृषकहरूले यस योजनाका लागि आवेदन दिन सक्ने छन्।

शुभकामना

२.आवेदनकर्ताको नाममा २ बिगाहा जग्गा हुनुपर्ने अनिवार्य छैन। एक कठ्ठा जग्गाधनी कृषकले पनि आवेदन दिन सक्नेछन्। तर, उसले छिमेकी कृषकहरूसँग मिलेर २ कठ्ठा, ५ कठ्ठासम्मको सहमति प्राप्त गरेर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रले थप स्पष्ट पारेको छ कि योजना सबै वर्गका कृषकका लागि लक्षित रहेको छ, चाहे उनी साना कृषक हुन् वा ठूला। तर, केही व्यक्ति र सामाजिक सञ्जालहरूमा योजनालाई गलत व्याख्या गरी ‘धनी बनाम गरिब’ को विषय उठाएर भ्रम फैलाउने कार्य भइरहेको भन्दै केन्द्रले चिन्ता व्यक्त गरेको छ।

कृषि ज्ञान केन्द्रले सबै कृषक भाइबहिनीलाई भ्रामक प्रचारबाट जोगिन अनुरोध गर्दै, आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।

२०८२ श्रावण १६, बिहीबार ०१:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय