फोकस नेपाल ,श्रावण १६ गते । पाँचथरमा श्रीमानद्वारा श्रीमती हत्याको सिकारमा परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–१ नाम्दुमा पारिवारिक झगडाका क्रममा २७ वर्षीय महेन्द्र तामाङले २२ वर्षीया श्रीमती अनु राईलाई कोदालो प्रहार गरी ह’त्या गरेका छन्। बुधबार राति १० बजे घटेको घटनामा गम्भीर घाइते भएकी राईको झापाको बीएण्डसी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान निधन भयो।
शुभकामना

हत्यापछि महेन्द्र तामाङ फरार रहेका छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।















