फोकस नेपाल ,श्रावण १७ गते ।झापाको बुद्धशान्तिबाट प्रहरीले अवैध काठसहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
इलामको रोङबाट ल्याउँदै गरिएको चिलाउने र सिमल जातको गोलिया काठसहित मेचीनगर–८ का ४४ वर्षीय रञ्जीत राजवंशी पक्राउ परेका हुन्। राजवंशी काठधनी हुन् वा चालक मात्र भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शुभकामना

काठ लोड गरिएको ट्रयाक्टर प्रदेश १–०१–००१ त ८५६० नम्बरको हो। आवश्यक कागजात नदेखाएपछि बुधबारे प्रहरी कार्यालयको टोलीले राजवंशीलाई हिजो साँझ बुद्धशान्ति–६ स्थित गौँडाबाट नियन्त्रणमा लिएको हो ।














