फोकस नेपाल ,श्रावण १८ गते । कैलालीको बर्दगोरिया–१, बौनियास्थित एक रेस्टुरेन्टको किचनमा १७ वर्षीया याचना सेजुवालको चक्कु प्रहारबाट हत्या भएको छ। दुई हप्ता अघि मात्र रेस्टुरेन्टमा वेटरको रूपमा काम थालेकी याचनाको चिनजान किचन स्टाफ ३३ वर्षीय निरज साउदसँग प्रेममा बदलिएको थियो।
शुक्रबार सँगै भाग्ने योजना बनाइए पनि याचनाले अन्तिम समयमा इन्कार गरेपछि साउद आक्रोशित बनेका थिए। शनिबार बिहान किचनमै विवाद हुँदा साउदले याचनाको घाँटीमा चक्कु प्रहार गरेका थिए। अस्पताल लैजाँदै गर्दा याचनाको मृत्यु भयो।
शुभकामना

केही समयअघि श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो र उनी दुई सन्तानका बाबु समेत हुन्।
साउदलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिई हिरासतमा राखेको छ।














