सिरहा,श्रावण १८ गते। सिरहा जिल्लाको औरही गाउँपालिका वडा नं. ४ नयाँ कमलपुर गाउँबाट लागुऔषध गाँजासहित ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसहित सिरहाका विभिन्न स्थानका ७ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले शनिवार बिहान करिब ४:०० बजे शंकास्पद अवस्थामा बोरा बोकी हिँडिरहेका व्यक्तिहरूलाई देखेपछि नियन्त्रणमा लिन खोज्दा उनीहरूले बोराहरु फालेर भाग्न खोजेका थिए। तत्कालै घेराबन्दी गरी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
शुभकामना

प्रहरीका अनुसार बोरा खोल्दा १०३ किलोग्राम लागुऔषध गाँजा फेला परेको हो। पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि जिल्ला अदालत सिरहाबाट ७ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको छ।
पक्राउ पर्नेहरूः
१. जय राम जोशी, ४२ वर्ष, गोलबजार नगरपालिका–१, सिरहा
२. शिव कुमार सदा, ३० वर्ष, सोही ठेगाना
३. कृष्ण सदा, २२ वर्ष, सोही ठेगाना
४. सुरज सदा, १८ वर्ष, सोही ठेगाना
५. पशुपति सदा, १९ वर्ष, गोलबजार नगरपालिका
६. जिवच्छ साह, ३२ वर्ष, गोलबजार नगरपालिका–३
७. राजेन्द्र यादव, ४२ वर्ष, औरही गाउँपालिका–३, सिरहा
८. बैजनाथ चौधरी, ३९ वर्ष, कुमरखद, वडा नं. १४, मधुबनी, भारत
९. रमेश कुमार कामत, ३० वर्ष, कुमरखद, वडा नं. १४, मधुबनी, भारत
प्रहरीले यस घटनालाई संगठित लागुऔषध कारोबारको सन्देहमा अनुसन्धान गरिरहेको जनाएको छ।














