वीरगंज । सशस्त्र प्रहरी बल १३ गण पर्साको कमान्ड सम्हालेदेखि नै चोरी, तस्करी, भन्सार छली र सीमासुरक्षामा कडा कदम चालेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टको नेतृत्वमा पुनः ठुलो सफलता हात परेको छ।
उनको निर्देशनमा खटिएको सशस्त्र प्रहरी टोलीले पर्सा धोविनि गाउँपालिका–१ घोडदौड पिपरा क्षेत्रमा भारतबाट अबैध रूपमा ल्याइएका २१ कार्टुन (२१०० गोटा) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला र BR 22 AG 6284 नम्बरको मोटरसाइकल बरामद गरेको हो।
शुभकामना

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा १३ नम्बर गणका प्रवक्ता कृष्ण सिंह पुजाराका अनुसार बरामद चल्ला र मोटरसाइकलको कुल मूल्य करीब रु. २ लाख ५ हजार बराबर रहेको छ। पक्राउ पर्ने व्यक्ति पर्सा, जगरनाथपुर गाउँपालिका–१ दशौता बस्ने १८ वर्षीय गुल्फान आलम मिया हुन्।
बरामद चल्ला नेपाल प्रहरी, स्थानीय, पत्रकार र क्वारेन्टाइनको रोहबरमा नष्ट गरिएको र मिया सहित मोटरसाइकल भन्सार कार्यालय वीरगन्जमा बुझाइएको डिएसपी पुजाराले जानकारी दिए।
सीमासुरक्षा बलियो बनाउन एसपी भट्टको नेतृत्वमा भन्सार छली र तस्करी नियन्त्रणमा निरन्तर ठोस कार्यवाही भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।














