फोकस नेपाल ,श्रावण २६ गते । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ८ मा नव निर्मित आठ कोठे विद्यालय भवनको उदघाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ नरकटियामा रहेको श्री ओउम मा वि नरकटियाका नव निर्मित दुई तल्ले आठ कोठे भवनको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले रिबन काटी उदघाटन गरेका हुन ।
पालिका भित्रका अधिकान्स विद्यालयहरुलाई पुर्वधारमा सम्पन्न बानाउन सफल नगर प्रमुख शेख वकिलको विशेष पहलमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम तथा परोहा नगरपालिकाको संयुक्त अनुदानबाट निर्माण भवन बाट विद्यालयलाई कक्षा १२ सम्म कक्षा स्संचालन गर्न सहयोग पुगेको भन्दै विद्यालयका प्रधानाध्यापक बलिराम गिरीले स्वागत मन्तव्य राख्दै नगर प्रमुख शेख वकिललाई विशेष धन्यवाद दिएका थिए ।
शुभकामना

नव निर्मित विद्यालय भवनको उदघाटन कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख शेख वकिल , विशिष्ट अतिथी नेपालि काग्रेसका नेता शेख महताब आलम , नेपाली काग्रेस जिल्ला सचिव रामचन्द्र गिरी , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्द महफुज आलम , नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर दिपेन्द्र यादव , पालिकाका शिक्षा शाखा संयोजक संतोष पटेल लगायत पालिका भित्रका विभिन्न मा वि तथा प्रा वि विद्यालयका प्राधानाध्यापकहरुको उपस्थितिका साथै विद्यालयमा पढने विद्यार्थीहरुको अभिभावकहरुको उलेखनिय सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादवले भवन निर्माणको प्राविधिक तथा आर्थिक विषयहरुलाई सार्वजनिक गरेका थिए । यस्तै आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथी काग्रेस जिल्ला सचिव रामचन्द्र गिरीले आफुहरुले जनतासंग गरेको प्रतिवद्वता पुरा गरेको र अगामी दिनमा पनि जनताहरुको आवश्यकता र माग अनुसार नगर प्रमुखको सहकार्यमा कार्य गर्ने आश्वासन दिएका हुन। उदघाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख शेख वकिलले १ करोड लागतमा निर्माण भएको यस भवनबाट बिद्यार्थीहरुलाई मात्र शैशिक्ष शिक्षा नभइ समाजिक तथा संस्कार सम्बन्धी शिक्षा पनि दिनुहुन विद्यालयका शिक्षकहरुलाई निर्देशन दिएका थिए ।
परोहा नगरपालिकाका विभिन्न अनुदान शिर्षकबाट ७५ लाख प्रदेश सरकारको ३५ लाख अनुदानको सहयोगमा भवन निर्माण भएको नगर प्रमुखले बताएका थिए । नगर प्रमुख वकिलले विद्यालयलाई आफ्नो कार्यकालको बाकी रहेको समय अवधी भित्र नै प्राविधिक शिक्षा लगायतका सुबिधाहरु उप्लबध गराई क्यामपस स्तरको बनाउन सक्रीय भुमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाली काग्रेसका नेता महताब आलम जनता प्रती नेपालिका काग्रेसको इमन्दारीता तथा पार्टिले नेपाली जनताका लागि गरेको कार्यहरु बारे जोड दिएका थिए । कार्यक्रमको अन्तयमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष ओजिर आलमले समापन मन्तव्य राख्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम अन्तयको घोषणा गरेका थिए ।














