महेन्द्रनगर, श्रावण २८ गते । प्रहरीले गाेली प्रहार गरी धनुषामा दुई जनालाई पक्राउ गरेकाे छ । जनकपुर ढल्केवर सडक खण्डमा पर्ने मिथिला नगरपालिका–२ मा प्रहरीले गोली प्रहार गरी लागू औषध काराेबारमा संलग्न रहेकाे आराेपमा दुई जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेका मध्ये गाेली लागेर एक जना घाइते भएका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौंबाट खटिएको टोलीले गोली प्रहार गर्दै दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।
शुभकामना

ब्युरोका एक अधिकृतका अनुसार पक्राउ पर्नेमा मिथिला नगरपालिका –२ का पप्पु शाह र एक महिला रहेका छन्। पप्पु शाहको दाहिने खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणका क्रममा दुई राउन्ड गोली चलाएको हो। पक्राउ परेका दुई जनासँग करिब २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।














