शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,श्रावण २९ गते । जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले पर्साको सखुवा प्रसौनी गाउँपालिका –२ कटैयामा बुधवार राती ठूलो मात्रामा नेपाल सरकारको अनुदानको रासायनिक मल अवैध रूपमा भण्डारण गरी बिक्री वितरण गर्ने क्रममा नियन्त्रणमा लिएको छ।

सूचनाको आधारमा गरिएको अनुगमनमा अकारीको घरबाट अवैध रूपमा राखिएको DAP मल २६ बोरा र पोटास २४ बोरा बरामद गरिएको छ। त्यस्तै, स्थानीय मोहम्मद मल खाद स्टोरका सञ्चालक साह मोहम्मद अंसारीको घरमा लुकाइ–छिपाई राखिएको DAP मल ९ बोरा, पोटास १२ बोरा र BSP (फस्फेट) ११४ कोठा समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

शुभकामना

बरामद गरिएका मल तथा सामग्रीहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

२०८२ श्रावण ३०, बिहीबार ०९:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय