शिव मारुती ज्वेलर्स

रक्सौल (भारत–नेपाल सीमा) । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नाबालिग युवतीसहित तीन जना युवक पक्राउ परेका छन्। पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमलाई मानव बेचबिखन विरोधी इकाई (AHTU), सशस्त्र सीमा बल (SSB), प्रयास जुभेनाइल एड सेन्टर र स्वच्छ रक्सौल एनजीओको संयुक्त कारबाहीमा मैत्री पुल नजिकै नियन्त्रणमा लिइएको हो।

अधिकारीहरूका अनुसार, प्रारम्भिक अनुसन्धानमा ती युवकहरूले सामाजिक सञ्जालमार्फत युवतीसँग सम्पर्क गरी विवाहको प्रस्ताव राखी उनलाई पोखरा हुँदै देहरादून पुर्‍याउने योजना बनाएको खुलेको छ। युवतीलाई हाजीपुरबाट रक्सौल ल्याई वीरगञ्जको एक होटलमा राखिएको थियो।

शुभकामना

पीडितको परिवारले बेपत्ता भएको उजुरी बिहारको पटना जिल्लास्थित रामकृष्ण नगर प्रहरी चौकीमा दर्ता गरेको थियो। हाल युवतीलाई परिवारको जिम्मा लगाइएको छ भने तीनै अभियुक्त पूर्वी चम्पारणको हरैया प्रहरी चौकीमा राखिएका छन्।

प्रहरीका अनुसार, सीमा क्षेत्रमा युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर अन्यत्र लैजाने गतिविधि समय–समयमा देखिने गरेका छन्, र यस्ता घटनामा कानुनी कारबाहीलाई कडाइका साथ अघि बढाइने छ।

२०८२ श्रावण ३०, बिहीबार १०:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय