शिव मारुती ज्वेलर्स

जनकपुरधाम, भदौ २ गते । जनकपुरधाममा फेरि एक संचारकर्मी आक्रमणमा परेका छन् । उपमहानगरपालिका–१२ कुवारामपुरस्थित गौशालामा समाचार संकलनका लागि पुगेका समाजिकफिड डटकम अनलाइनका क्यामेराम्यान कुन्दन मिश्रमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका हुन् ।

पत्रकार आशा अधिकारीसँगै मोटरसाइकलमा रिपोर्टिङका लागि पुगेका मिश्र गाई बाँधिएको स्थानतर्फ भिडियो खिच्दै गर्दा ढुंगा प्रहार भएको उनले बताएका छन् ।

शुभकामना

“ढुंगा टाउकोमा लाग्नेगरी जोडले प्रहार भयो । हेल्मेट नभएको भए ज्यानै जान्थ्यो । हेल्मेट फुटेको छ, चोट पनि लागेको छ,” मिश्रले भने । उनको स्मार्ट वाच समेत फुटेको छ ।

आक्रमणपछि घटनास्थलमा केही अपरिचित युवाहरू देखिएपछि उनी भाग्न सफल भएका थिए ।

यो घटना जनकपुरका वकिलहरूले पत्रकारमाथि गरेको आक्रमणको सातौँ दिनमै पुनः भएको हो ।

घटनाबारे सोध्दा नगर प्रहरीले गोलमटोल जवाफ दिएको सामाजिक फिड टोलीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको सिसिटिभी क्यामेरा काम नगरेको बताइएको छ ।

समाचार संकलनमा अवरोध गर्दै आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न पीडित पत्रकारले माग गरेका छन् । पछिल्लो समयमा जनकपुरधामसहित मधेश प्रदेशमै संचारकर्मीमाथि आक्रमणको श्रृंखला बढ्दो क्रममा छ ।

२०८२ भाद्र २, सोमबार १६:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय