पवन प्रसाद साह ,बिरगंज, भदौ ४ गते ।
नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय बिरगंज र शिव सेना नेपालले पूर्व श्री ५ मुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह को ९८ औ जन्मोत्सव बिरगंजमा मनाएको छ ।
शुभकामना

शाहको ९८ औ जन्मोत्सवको अवसरमा बिरगंज स्थित घण्टाघर चोक बाट संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा बाजा सहित निस्केको र्यालीमा राजा आउ देश बचाउ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,नेता चोर देश छोर, सङ्घीयता खारिज गर, हिन्दु राष्ट्र कायम गर,इत्यादि नारालगाउदै माईस्थान, महाविरस्थान,आदर्शनगर, अलखियामठ, हुदै बाल मन्दिरमा आई जन्मोत्सव समारोहमा सहभागीहरूले पूर्व श्री ५ मुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको तस्वीरमा पुष्प माल्यार्पण गरि सु-स्वास्थ्य,दीर्घायु एवं उज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता, बिसनु कुमार दास, पवन प्रसाद साह,चुलाइ मिया,बिरेन्दर साह,राधाकृष्ण चौहान,मदन ठाकुर,हरेराम रौनियार,धुरेन्दर पटेल लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।














