गौशाला, भदौ ०५ गते । महोत्तरीको गौशाला बजारबाट बुधबार राति इलाका प्रहरी कार्यालय गौशालाले लाखौँ मूल्य बराबरको भन्सार छली सामान बरामद गरेको छ।
गौशाला नगरपालिका–५ स्थित सुबोध यादवको एकतले पक्की घरमा भाडामा बस्दै आएका भारत पश्चिम बंगाल, कोलकाताका ३६ वर्षीय मनोज रायले लुकाई राखेको लत्ता–कपडा तथा एक थान हरिणको छाला प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले राति करिब १० बजे प्राप्त सूचनाको आधारमा प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा करिब १८ लाख रुपैयाँ बराबरको भन्सार छली सामान बरामद गरेको हो।
शुभकामना

इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक लामाका अनुसार बरामद गरिएको सामानसहित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। उनले भने,
“जनताको सुरक्षा र देशको लागि हामी प्रहरी चौबिसै घण्टा खटिरहेका छौँ। बजार क्षेत्रमा लामो समयदेखि असुरक्षा महसुस भएको थियो, मेरो जिम्मेवारी आएपछि वातावरण शान्त भएको व्यापारीहरूको भनाइ छ।”














