फोकस नेपाल ,भदौ ०६ गते । कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरूले शुक्रबार विराटनगरमा प्रदर्शन गरेका छन् ।
पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिवाना गर्न सक्ने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघको अगुवाइमा प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरिएको हो।
शुभकामना

प्रदर्शनका क्रममा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले पत्रकारहरूसँग दुव्यवहार गरेको आरोप लगाइएको छ। पत्रकार महासंघले प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै सञ्चार विधेयक खारेज गर्न माग गरेको छ।
















