फोकस नेपाल ,भदौ ०७ गते । जनकपुरमा यौनधन्दा चलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मुरलीचौक (विद्यापतिचौक) स्थित सँचालनमा रहेको होटल मधेश प्रदेशमा अन्डर एज (किशोरी) लाई राखेर यौनधन्दा चलाएको आरोपमा होटल सँचालक अजिज राईन पक्राउ परेका छन् ।
शुभकामना

धनुषाका प्रहरी प्रमुख नरहरी रेग्मीका अनुसार, होटेलमा कम उमेरका किशोरीहरुलाई राखेर यौनधन्दा चलाएको आरोपमा राईनलाई पक्राउ गरिएको पुष्टि गरे । जानकारी अनुसार, राईनमाथि बलात्कारजन्य क्रियाकलाप, मानव बेचबिखनको मुद्दा समेत लागेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेला घर भएका अजिज राईनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।














